नियम ७
आय विवरण
(१) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएको ढाचामा ठेकेदारले देहायबमोजिम पेट्रोलियम उद्योगको आय विवरण दाखिल गर्नु पर्नेछः–
(क) प्रत्येक त्रैमाकि अवधि समाप्त भएको तीस (३०) दिनभित्र अनुमानित त्रैमासिक आय विवरण ।
(ख) प्रत्येक लेखा अवधि समाप्त भएको तीन (३) महीनाभित्र वार्षिक आय विवरण ।
(२) उपनियम (१) को खण्ड (क) बमोजिम त्रैमासिक आय विवरण दाखिला गर्दा ठेकेदारले अनुमानित त्रैमासिक आयकर पनि दाखिला गर्नु पर्नेछ ।
(३) प्रत्येक लेखा अवधि समाप्त भएको तीन (३) महीनाभित्र उपनियम (२) को अधीनमा रही ठेकेदारले तिर्न बाँकी आयकर तिर्नु वा बढी तिरेको आयकर फिर्ता लिन निवेदन दिनु पर्नेछ ।